काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ ।
ग्लोबल नागरिकसँग कुरा गर्दै केसिले भने, ‘हाम्रो मत नागरिकता विधेयक पारित गर्नु हुँदैन भन्ने हो । नागरिकता विधेयकका विषयमा हाम्रो सहमति छैन । असहमति छ ’ ‘राष्ट्रपतिको कदम ठिक वा बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्छ भन्ने हो । राष्ट्रपतिले ठिक बेठीक जे गरेपनि आफ्नो ठाउँमा छ ।’
विदेशीलाई वंशजको नागरिकता दिन नहुने केसीको भनाई छ। गठबन्धनभित्रका दलले जे मान्छन् त्यो सबै मानेर जानुपर्छ भन्ने नहुने बताए ।
प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार













प्रतिक्रिया