काठमाडौं । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंको बानेश्वर-माइतीघर सडकखण्डमा प्रदर्शन गरेको छ।

प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश  बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे ।

advertisement

संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक  प्रमाणीकरण नगरी १५ दिन बिताएर राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको भन्दै सत्तारुढ दलहरुले आलोचना  गरिरहेका छन्।

तर एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपति भण्डारीको समर्थन गर्दै उनको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com