काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा मिश्रलाई राप्रपामा प्रवेश गराउनेबारे छलफल भएको थियो मिश्रलाई पार्टीमा ल्याउन राप्रपाका शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा फरक-फरक मत आएका थिए।

advertisement

मिश्रलाई राप्रपामा ल्याउन लामो छलफल भएको र वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएको अध्यक्ष राजेन्द्र लिङ्देननिकट एक पदाधिकारीले ग्लोबल नागरिकलाई बताए।

‘मिश्रले वरिष्ठ उपाध्यक्ष पद लिन चाहेको भन्ने कुरा आयो, त्यसैले मागेअनुसारकै पद दिने शीर्ष नेताहरूबीच सहमति भएको छ,’ ती नेताले भने, ‘केही दिनभित्र मिश्रजी राप्रपामा आउनुहुनेछ।’

मिश्र राप्रपा प्रवेश गरी हलो चुनाव चिन्हबाट काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्। मिश्र २०७४ मा पनि यही क्षेत्रमा चुनाव लडेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com