काठमाडौं । पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले बिहीबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन गरिएन भने जसपा एक्लै पनि चुनाव लड्न सक्षम छ ।’ चुनावमा कुनै पनि दलको वैशाखीको आवश्यकता जसपालाई नरहेको उनले बताएका थिए । उनले यसो भनेपछि जसपाका अन्य नेताहरुले पनि जसपा एक्लै चुनाव लड्न सक्षम रहेको अभिव्यक्ति दिन थालेका छन् ।

advertisement

गठबन्धन निर्माणमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जसपाले यसअघि पनि बारम्बार गठबन्धन छाड्ने चेतावनी दिएको थियो । अध्यक्ष यादवले केही अघि वीरगञ्ज पुगेर गठबन्धनबाट जसपाबाट बाहिर निस्कन सकिने धारणा राखेका थिए ।

गठबन्धनमा कुरा नमिलेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रमबाटै आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । जसपाले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ कम्तीमा १५ वटा सिटको माग गरेको छ जबकि गठबन्धनका अन्य दलहरुले १०–११ वटा सिट मात्र दिन चाहेका छन् । गठबन्धनले देशभरमा जसपालाई १५ सिट दिन चाहेको छ ।

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com