झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने बताएका छन् ।

झापामा एमाले-राप्रपा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारोमा परेका बेला आफू एमालेको साथमा रहने बताए ।

advertisement

चुनाव केन्द्रित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको राजनीतिमा देशलाई अप्ठ्यारो पर्‍यो भने, हामी एक ठाउँ उभिएर सामना गर्न तयार छाैं भनेर सांकेतिक रूपमा केही स्थानहरूमा सहकार्य गरेर आएका छौँ ।’

यसअघि पनि एमालेको सहयोगमा नै प्रतिनिधिसभामा विजयी बनेका लिङदेनले केही स्थानमा सांकेतिक रूपमा एमालेसँग मिलेर निर्वाचन लड्ने तय भएको बताए ।

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com