रौतहट । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। छठ पर्वको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन्।

केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। साथै मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए।

advertisement

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्। उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनी कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ।

 

 

 

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com