काठमाडौं । नेपाली कांग्रेसले भर्खरै सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता दिने उल्लेख गरेको छ। तर, झण्डै ६५ पुगेका अभिनेता भुवन केसी भने विवाह गर्ने तयारीमा जुटेका छन् ।

उमेरले ६० कटिसकेका केसीले तेस्रो विवाह गर्न लागेका हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले प्रेमिका जिया केसीसँग विवाह गर्न लागेको चर्चा छ। जानकारी अनुसार उनीहरु करिब सात वर्षदेखि प्रेम सम्बन्धमा छन् र अहिले लिभिङ टुगेदरमा छन् । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् । भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।

advertisement

अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् । सुस्मितासँग दोस्रो विवाह गरेका भुवनले त्यो सम्वन्धलाई पनि टिकाउन नसकेपछि तेस्रो विवाहको तयारी गरेका हुन।

भुवन र सुस्मिताले सन् २००२ मा सम्बन्धविच्छेद गरेका थिए। उनले अहिले पुनर्विवाह गरिसकेको भुवनले जनाएका छन् । सुस्मिता नायक अनमोल केसीकी आमा हुन् ।

भुवनको पहिलो विवाह भने २० वर्षको उमेरमा विजयासँग भएको थियो। अहिले उनी अमेरिकामा छिन् । विजयासँग भुवनको सम्बन्ध विग्रिएको ३० वर्ष पुगेको छ। जेठी श्रीमतीतर्फ भुवनका दुई सन्तान छन्।

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com