काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दल अझै बाँकी रहेका छन्।

advertisement

यही निर्वाचनमार्फत पहिलो पटक चुनावमा होमिन लागेको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा ‘वाचा पत्र’ सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com