काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका छन् ।
बिहीबार नेपाल तरुण दल रुपन्देही क्षेत्र नं.३ ले आयोजना गरेको बृहत तरुण भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लुकेर बसेको प्रतिगमनकारी शक्ति र राजावादी शक्तिहरु फेरी वर्षौ पछि सल्बलाउन थालेको टिप्पणी गरेका हुन्।
रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाणले प्रतिगमनका विरुद्धमा उभिएका पाँच दलीय गठबन्धनले मात्रै मुलुकलाई पश्चगमनतर्फ लैजाने तर्क गरे ।
प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार













प्रतिक्रिया