धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको बताएका छन् । उनले सोमवार वक्तव्यमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन् ।

ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन् ।

advertisement

ढकालले भनेका छन्- मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुल्लमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिङ गर्न पनि दिएको छैन।

बीबीसीको साझा सवाल कार्यक्रममा तत्कालीन प्रधानमन्त्री देउवालाई प्रश्न गर्दा ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने जवाफपछि चर्चित भएका ढकाल अक्सफोर्डको पढाइ सकेर डडेलधुरामा देउवासँगै चुनावी प्रतिस्पर्धामा छन् ।

 

 

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com