हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलदलमा फसेको मुलुकलाई उद्धार गर्नका लागि अबको चुनावमा राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् ।

बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभामा उनले भने, ‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं ।’

advertisement

अहिलेका सिमित दलहरुले देशलाई चक्रव्युहमा फसाएको उनले आरोप लगाए । देश बचाउने अभिभारा जनताको काँधमा आएको भनाइ राख्दै उनले जनताहरु जागरुक बन्नुपर्ने बताए ।

राप्रपाले पछिल्लो ५ वर्षको अवधिमा राष्ट्रियता र जनताको हितको पक्षमा वकालत गर्दै आएको उनले बताए ।देशको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई सरकारमा पठाउने गरि मतदान गरिदिन उनले आग्रह गरे । उनले भने, ‘तपाईंहरुले भोट दिएर सरकारमा पठाउनुभयो भने हामी ओरालो लागेको अर्थतन्त्र सुधार गर्नेछौं । औद्योगिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्नेछौं ।’

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com