काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हाउडेको संज्ञा दिएका छन् ।शुक्रवार एमालेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले नेकपा एमालेले धरानमा कोशीको पानी ल्याउने बताएको प्रसङ्गलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

र्हकले ओली बोलेको भाषणको स्क्रिनसटसमेत सेयर गर्दै ओलीले कोशीको पानी धरानमा ल्याउने भनेर गफ दिएको उल्लेख गरेका छन् ।

advertisement

‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शेयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ’, उनले लेखेका छन्, ‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ।’

ओलीले धरानमा पानीको समस्या अहिलेका मेयरले समाधान गर्न नसक्ने टिप्पणी गरेका थिए ।

उनले भनेका थिए- यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन् बिचरा? कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईँहरू ढुक्क हुनुस्। गरेको बजेटले त्यो आयोजना हुन्छ तरु हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन। त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ?

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com