काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हाउडेको संज्ञा दिएका छन् ।शुक्रवार एमालेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले नेकपा एमालेले धरानमा कोशीको पानी ल्याउने बताएको प्रसङ्गलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत पुन: अर्को टिप्पणी गरेका छन् ।
हर्क साम्पाङले सामाजिक संजालमार्फत टिप्पणी गर्दै भने, ‘उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा’
ओलीले हर्क साम्पाङलाई धरानमा पानीको समस्या अहिलेका मेयरले समाधान गर्न नसक्ने टिप्पणी गरेका थिए ।
उनले भनेका थिए- यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन् बिचरा? कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईँहरू ढुक्क हुनुस्। गरेको बजेटले त्यो आयोजना हुन्छ तरु हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन। त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ?
प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार













प्रतिक्रिया