हेटौँडा । नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कमल थापाले नेकपा एमालेको चुनावी गीतमा छमछमी नाचेका छन् ।

मकवानपुरको वागमती गाउँपालिकामा भएको कार्यक्रममा थापाले ‘जनताले के भन्छ, नेकपा एमाले ले भन्छ’ भन्ने गीतमा पत्नी प्रलिता थापासहित छमछमी नाचेका हुन् । नेकपा एमालेको जनसांस्कृतिक महासंघका आशाकाजी श्रेष्ठको टिमले गाएको गीतमा थाप दम्पती एवम् प्रदेशसभा उम्मेद्वार कमल विष्टले पनि कम्मर मर्काएका थिए ।

advertisement

एमालेको तर्फबाट चुनावी अभियानमा होमिएका थापाले एमालेका यस्तैखाले माया र स्नेह रहे निर्वाचनपछि पनि तपाईहरुसँगै अलमलिन सक्ने भन्दै एमाले प्रवेशको समेत संकेत गर्ने गरेका छन् ।

 

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com