काठमाडौं । सर्वोच्च अदालतले विश्वकप प्रसारणमा मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाएर विश्वकप प्रसारण गर्ने बाटो खोलिदिएको हो । योसँगै मिडिया हबलाई प्रशारण शुल्क उठाउन बाटो खुलेको छ।

advertisement

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले मिडिया हबले थप शुल्क ५ सय उठाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

केवल टेलिभिजन लिए वापत तिर्नुपर्ने सेवाशुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकोमा नीजि कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा भनिएको थियो।

अदालतले उक्त विषयमा छलफलका लागि दुवै पक्षलाई कात्तिक २७ गते बोलाएको थियो।

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com