कामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अधोगतितर्फ लगेको बताएका छन् । झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन हावाको पछाडि नपर्न आग्रह गरेका हुन् ।

ओलीले भने, ‘गठबन्धन भनेको शेरबहादुर देउवा र प्रचण्डको मितेरी साइनो मात्रै हो । एकै खालका चरासँगै उड्छन् । एउटाको नाम कांग्रेस अर्काको कम्युनिस्ट छ । एउटै छन् यिनीहरु ।’

advertisement

‘प्रचण्ड अब मुसो हुने बाटोमा छ । यो गठबन्धन धोद्रो परेको रुख हो । प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली हो ,’ उनले भने।

वर्तमान गठबन्धनलाई विकाउ मालको संज्ञा दिँदै उनले सबै नेपालीले नागरिकता दिलाउने बताए।

विदेशीलाई नागरिकता दिने गठबन्धनको सपना पुरा हुन नदिने ओलीको भनाइ छ। देशको नेतृत्व एमालेले गरे जनताका सपना साकार हुने बताए ।

प्रकाशित मिति: १ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com