काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनले सिङ्गो देशलाई न्याय गर्ने बताएका छन् ।

बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए ।

advertisement

‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शङ्काको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारे ? अब त म ज्युँदो छु भनेर भन्नेछन् ।’ उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए ।

उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दाबी गरे । उनले आफ्नो राजनीतिक जीवन भरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए । उनले चुनावी चलखेलबारे आफूलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेट्न आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए । आफू राजनीतिमा विस्थापन गर्न नभई व्यवस्थापन गर्न आएको बताए ।

उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गरे । भने, ‘हामीले सरकार बनायौँ भने सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा फ्रि टिकटमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौ ।’ उनले आफ्नो पार्टीलाई सरकार बनाउने बहुमत दिए विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यही देशमा रोजगारी पाउने अवस्था बनाउने बताए ।

 

प्रकाशित मिति: १ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com