काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो।

पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए।

advertisement

जवाफमा नेपालले आफ्नो सहयोग हुने बताएका थिए। उनले भने, ‘तपाईँलाई सहयोग हुन्छ, तपाईँको समकालीन सबै पीएम भए तपाईँ बाँकी हो, हाम्रो सहयोग रहन्छ ।’

यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्।

 

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com