काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा–आकांक्षा पूरा गर्ने बताएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदातालाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा–आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताए।

advertisement

उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि बताए। उनले शान्ति, सुशासन र स्थिरताको जगमै नेपाली जनताले चाहेजस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए।

गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे।

उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गर्ने प्रतिबद्धता जनाए।

गृहमन्त्री खाँणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरूप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे।

उनले दिवंगतहरूको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए।

 

 

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com