काठमाडौं । समानुपातिक संसदको नाम छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसिरहेको छ । समानुपातिकमा १३ सिट पाएको रास्वपाले समावेशीको आधारमा नाम छनाेट गर्न लागेको हो ।
नाम छनोट गरेर आज नै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता डा. मुकुल ढकालले बताए । रास्वपाले आदिवासी जनजातिबाट ३, खसआर्यबाट ४, थारुबाट १, दलितबाट २, मधेसीबाट २, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट एक जना छनोट गर्नुपर्नेछ । यसमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने ।
५ जना महिला रास्वपाले समानुपातिकबाट प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । आयोगमा नाम बुझाउने आज अन्तिम दिन हो । आयोगले नाम छनौट गर्न दलहरूलाई तीन दिनको समय दिएको थियो ।
प्रकाशित मिति: २४ मंसिर २०७९, शनिबार













प्रतिक्रिया