बनेपा । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको शव भेटिएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

advertisement

अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका ११ सल्लेबाट विहेका लागि गएको जन्ति बस दुर्घटना भएको बताइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com