काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मीसहितको गाडी हटाएको बताएका छन् । अगुवा-पछुवा गाडी हटाएर अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन’, लामिछानेले भनेका छन्, ‘म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफूले बोलेका कुरा इमानदारिताका साथ पुरा गर्नेछु।’

advertisement

उपप्रधान एवम् गृहमन्त्रीको नियुक्ति लगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) नेतृत्वको सुरक्षाकर्मी राखेको पनि लामिछानेले जानकारी दिएका छन् ।

सडक नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै लामिछानेले बिदाका दिनमा व्यक्तिगत सवारीसाधन प्रयोग गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: २२ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com