काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र फरक मतका बीचमा पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई विश्वासको मत दिएपछि उनले पार्टीभित्र दुईखाले मत रहेको बताए ।

advertisement

उनले भने, ‘कुनै जोडिले भागेर विवाह गरेपछि दुई परिवारको बीचमा फरक विचार आउँदो रहेछ । बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा । तर, बोलाएर टिकोटालो गरेपछि कुनै न कुनै रुपमा सहभागी हुनु पर्ने रहेछ । घरजम छँदा प्रेम टुट्यो । डिभोर्स भइसकेपछि माया बस्यो भन्या जस्तोजस्तै भयो ।’फरक विचारका बीच निर्णय भएपनि पार्टीको निर्णय इमान्दारपूर्वक पालना गरेको बताए ।

 

प्रकाशित मिति: २६ पुस २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com