काठमाडौं । धनुषामा प्रहरीकै लापरबाहीले थुनावा भागेको खुलेको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षबाट आइतबार साँझ ६ जना थुनुवा भागेका थिए ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक वेतन यादवकै कमजोरीका कारण थुनुवा भागेका हुन् । थुनुवा कक्षको सीसीटीभी मनिटरिङ प्रहरी निरीक्षक यादवकै कार्यकक्षमा राखिएको थियो । तर, उनकै लापरबाहीका कारण थुनुवा भाग्न सफल भए ।

advertisement

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तबहादुर कुवँरले इलाका प्रहरी कार्यालय प्रमुख यादवकै कमजोर कमान्डका कारण थुनुवा भागेको भन्दै उनलाई कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाएर प्रदेश कार्यालय तानिएको बताए ।

सात जना थुनुवा रहेकोमा ६ जना थुनुवा हिरासत कक्षको पर्खालै भागेर फरार भएका छन् । धनुषा प्रहरीका अनुसार फरार हुने थुनुवाहरूमा क्षिरेश्वरनाथ नगरपालिका–५ का लागुऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, सोही नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल, सोही स्थानका २५ वर्षीय रोशन यादव छन् ।

त्यस्तै मिथिला नगरपालिका–२ बस्ने अभद्र व्यवहार मुद्दाका २५ वर्षीय हरिदीप सिंह, सोही स्थानका हातहतियार तथा खरखजाना मुद्दाका २८ वर्षीय रोशन महतो र हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह छन् ।

एक जना भने उनीहरूले भत्काएको पर्खालको प्वालभित्र छिर्न नसक्दा भाग्न नसकेको डीआईजी कुवँरको भनाइ छ । फरार थुनुवाहरूले थुनुवा कक्षकै लागि बनाएको शौचायलको ग्रिल तोडेर सोही ग्रिलको साहाराले पर्खालमा समेत प्वाँल पारेर भाग्न सफल भएको खुलेको छ ।

डीआईजी कुवँर भन्छन्, ‘उनीहरूले केही दिन अघिदेखि नै भाग्ने योजनासहित पर्खालमा प्वाँल पार्ने काम गरेको देखिन्छ । हिजो रातिको कुरा मात्रै होइन । योजनावद्ध तरिकाले भागेका हुन् ।’

डीआईजीका कुवँरका अनुसार लागुऔषध मुद्दाका अभियुक्त विनोदकुमार शर्माको मूख्य योजनामा पर्खाल भत्काउने काम भएको खुलेको छ । उनीहरूको खोजीकार्यमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com