जुम्ला । जुम्ला जिल्ला प्रशासन कार्यालयअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याकाे प्रयास गरेका छन्।

काेहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन्।

advertisement

‘यो देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ,’ कार्कीले भने, ‘रवि लामिछाने जस्ताे मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु।’

४० वर्षका कार्कीले पेट्राेल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले पुष्ठि गरेको छ। काेलपुर नगरपालिका ११ घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन्।

भिडियो लिङ्क : https://fb.watch/irh-Mro3L5/
सौजन्य: बि.एल नेपाली सेवा 

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com