काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।

आइतबार झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन्।

advertisement

सरकारलाई काम गर्न नदिने तत्वहरू सक्रिय रहेको उनले बताए। ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे।

उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरू भएको बताए।

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com