काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका संचालक सुबास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो। उनी विदेशबाट फर्कँदै थिए।
ब्युरोका एसएसपी नविन्द अर्यालले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको बताए। गायक प्रमोद खरेललगायतले रेग्मीविरुद्ध उजुरी गरेको बुझिएको छ।
सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो। रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बुझिएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार












प्रतिक्रिया