काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले उद्धार गरेको बताएका छन् ।

एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।

advertisement

उनले भने, ‘जनादेश अनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौँ, काँग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्धार गरिदियौँ ।’

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दै सचिव भट्टराईले आफैँले गरेको प्रस्तावबाट प्रचण्ड पछि नहट्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रचण्डसँग हामीले राष्ट्रपति मागेको होइन, उहाँ आफैँले एमालेलाई राष्ट्रपति दिने प्रस्ताव गर्नु भएको हो, अबपछि हट्न मिल्दैन । एक फरक प्रसङ्गमा सचिव भट्टराईले २०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिस्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भइसक्ने उनको भनाई थियो ।

अभियानको कर्णाली संयोजकसमेत भट्टराईले ग्रासरूट अभियानका सबै कार्यक्रमहरू तल्लो तहसम्म पुग्ने र यसले पार्टीको फुलवडी चेकअप गर्ने दाबी गरे ।

 

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com