काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित निकालेको छ।

सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग-२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो। लिग-२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो।

advertisement

कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका हुन्। हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो ।

तर यसअघिका म्याचको तुलनामा कठिन पीचमा नेपाली ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरे । कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै आठ विकेट गुमाउन पुग्यो । हार निश्चित देखिएको अवस्थाबाट रोहितले नेपाललाई जोगाए । उनलाई करणले बलियो साथ दिए ।

 

प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com