काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कुनै पनि उमेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ ।

प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी राष्ट्रपति निर्वाचनका लागि कुनै पनि उमेदवारको प्रस्तावक तथा समर्थक नबस्ने बताए । उनले आफूहरु अहिले पार्टी निर्माणमा मात्रै केन्द्रित भएको बताए।

advertisement

ढकालले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने फागुन २५ गतेअगाडि नै बैठक बसेर टुंग्याउने बताए ।

“निर्वाचनमा सहभागी हुने/नहुने विषयमा २५ गतेअघि पार्टी बैठक बसेर निर्णय गर्छौं । अहिले हामी पार्टी निर्माणमा छौँ । अहिलेको बैठकको बारे हामीलाई केही खबर छैन,” उनले भने, “राष्ट्रपति निर्वाचन हाम्रो प्राथमिकता हैन, हामी निर्णायक होइनौँ ।”

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com