काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।
प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ दलले चुनावअघिको गठबन्धन ब्युताउने निर्णयगरेसँगै एमाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् ।
बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने र उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमती गरेको थियो।
प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार













प्रतिक्रिया