काठमाडौं । राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएका हुन् ।
सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।
राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार













प्रतिक्रिया