काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा आफूलाई एमालेले पनि सहयोग गर्ने बताएका छन्।

उम्मेदवारी दर्तापछि संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै पौडेलले चुनावको दिनसम्म आफू सर्वसम्मत निर्वाचित हुन प्रयास गर्ने बताए।

advertisement

‘एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो।’ पौडेलले भने, ‘राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

उनले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने पनि बताए। गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यस निम्ति आफ्नो भूमिका हुने बताए।

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com