काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नयाँ प्रक्रिया थालेकाले सरकार पूनर्गठन हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आठ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिनै भएको बुझेको बताए।

उनले भने, ‘अहिले हामीले मिल्नु जरुरी थियो। एमाले पनि अब कतै जानसक्ने स्थिती छैन। प्रतिपक्षमा जानसक्नुहुन्छ उहाँहरु पनि। राप्रपाका सबै मन्त्रीहरुले राजीनामा दिनुभयो। अब कानुनी हिसाबले अब हामी नयाँ प्रक्रियातिर जानुुनै पर्छ। सरकार नयाँ बन्छ पुर्नगठन हुन्छ। तर, पनि एमालेको सभामुख हुनुहुन्छ। त्यहाँबाट फुत्केर जान सक्नुहुन्न।’

advertisement

उनले हिजो बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगमको भेटमा सहमतिमै राष्ट्रपति कांग्रेसलाई दिने प्रस्ताव गर्दा नमानेको बताए।

उनले भने, ‘ओलीजीसँग हिजा बालुवाटारमा कुुरा गर्दा तपाईं र म राष्ट्रिय सहमतिको सुत्रधार बनौं। नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईं र मेरो सहमतिमा दिऔं। सबैभन्दा ठुलो पार्टीको राष्ट्रपति हुन्छ। तपाईंको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पनि छन्। हामी दुवैजना गएर राष्ट्रपति तपाईंहरु लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनेको थिए। तर, उहाँले मान्नुभएन। त्यहाँ केही छ।’

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com