काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपनि प्रदेश १ को सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता नहुने भएका हुन् ।

केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने राप्रपा नेताहरूले बताएका छन् ।

advertisement

सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठकपनि बोलाएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भक्तिप्रसाद सिटौलालाई राजीनामा नदिन भनेको स्रोतले बतायो ।

राप्रपाले प्रदेश १ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा ६ सीट रहेको छ । गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सीट रहेको छ । नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपा को१ सिट रहेको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com