काठमाडौं । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।

advertisement

परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश जानुका साथै राष्ट्रको इज्जतमाथि प्रभाव परेको एमालेको निष्कर्ष छ ।

‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर अभिव्यक्तिका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले पत्रकारसँग भने ।

प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com