काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दुई महिनामा दोस्रोपटक राजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । झापामा रहेका राजासँग हालै भएको भेटबारे उनले सामाजिक सञ्जालमार्फत आज जानकारी दिएका हुन् ।

राजा ज्ञानेन्द्रमा विगतका घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि रहे पनि आफ्नो भद्रता र राजकीय गरिमालाई उनले कहिल्यै कम हुन नदिएको मिश्र बताउँछन् ।

advertisement

‘मेरा पछिल्ला दुई भेटमा उनमा निरंकुशता होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ बाहेक अन्य कुनै भाव पाइनँ,’ उनले लेखेका छन् ।

भेटमा राजाको भनाइ उद्धृत गर्दै मिश्र भन्छन्, ‘मैले त विज्ञप्तिमा नै देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र राजसंस्था एक ठाउँमा आउनैपर्छ भनेर भनिसकेँ नि !’

राजसंस्थालाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनःस्थापित नगर्ने हो भने यो देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी नरहने मिश्रको निष्कर्ष छ ।

‘समयमै विचार गरौं, ढिलो गरी आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ’, उनले लेखेका छन् ।

 

प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com