काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा नेपाल सरकारले ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको बताएकी छन्।

advertisement

उक्त क्षेत्रमा चीनलाई लक्षित गरी भारतले विश्वविद्यालय खोल्न लागेको समाचार प्रकाशित भएको थियो। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतलाई विश्वविद्यालय खोल्न दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरुद्ध गद्दारी गरेको बताएका थिए।

मन्त्री शर्माले उक्त ठाउँमा विश्वविद्यालय खोल्न सहयोग गर्न भन्दै भारतीय दूतावासमा पत्र लेखिएको भनी समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको उल्लेख गरेकी छन्।

‘सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय शृङ्खलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद छ,’ मन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन।’

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com