काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गर्ने बताएका छन्।

सोमबार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो।

advertisement

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको यसबारेमा निर्णय गर्ने स्पष्ट पारे । उनले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गरे ।

“हाम्रो पार्टीले राष्ट्रपतिको निर्वाचनलाई सतर्कतापूर्वक हेरिरहेको छ । हाम्रो पार्टीको गणित, दुईपक्षीय उम्मेदवारी र आम जनधारणा, हाम्रो शुभेच्छुकहरूको धारणालाई शतर्कताका साथ हेरिरहेका छौँ,” उनले भने, “हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ ।”

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । निर्वाचन नजिकिएसँगै उमेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।

 

प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com