काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका राष्ट्रपति उमेदवार सुवास नेम्वाङलाई शुभकामना दिएका छन् । सोमबार राष्ट्रपतिमा भोट माग्न धुम्बाराही पुगेका नेम्वाङलाई देउवाले ‘उपयुक्त उमेदवार’ भन्दै शुभकामना दिएका हुन् ।

स्रोतका अनुसार भेटमा देउवाले नेम्वाङलाई सबैभन्दा उपयुक्त उमेदवार भनेर तारिफ गरेका थिए । तर, आफूहरूले उमेदवार उठाइसकेकाले शुभकामना मात्र दिन सक्ने बताएका थिए ।

advertisement

‘तपाईं सबैभन्दा उपयुक्त उमेदवार हो भन्नेमा विवाद रहेन । तर, हामीले उमेदवार उठाइसकेका छौँ । तपाईंलाई शुभकामना छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

त्यसअघि आजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको अभिमुखीकरण कार्यक्रममा नेम्वाङले आफू ‘राजाजस्तो नभएर जनताको राष्ट्रपति बन्ने प्रयास गर्ने बताएका थिए ।

‘म चाहिँ हिजोको राजाजस्तो होइन, जनताको राष्ट्रपति बन्ने प्रयास गर्छु’ उनले अभिमुखीकरण कार्यक्रममा भनेका छन् ।

अभिमुखीकरण कार्यक्रममा एमालेका संघीय र प्रदेश सांसदहरू सहभागी थिए ।

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उमेदवार बनाएको छ । उनलाई आठदलीय गठबन्धनको साथ छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ ।

 

प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com