काठमाडौं । राष्ट्रपति निर्वाचनमा भोट खसालेर बाहिरिने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।

बिहीबार संसद भवन नयाँबानेश्वरमा राष्ट्रपति निर्वाचनमा भोट हालेर बाहिरिने क्रममा सांसद न्यौपाने मुख्य गेटमा लडेका हुन् ।

advertisement

नेकपा एकीकृत समाजवादीबाट सप्तरी ४ ‘क’ बाट निर्वाचित  सांसद न्यौपानेको टाउकोमा चोट लागेको छ । सांसद न्यौपानेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com