काठमाडौँ । राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट शुक्रबार आफ्नै बाचाविपरीत रामचन्द्र पौडेल सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर गएका छन्।

पौडेल बिहान ९ बजेतिर पुजाका लागि पशुपति पुगेका थिए। उनले त्यहाँ करिब डेढ घन्टा पूजा गरेका थिए। उनी पशुपति जाँदा र त्यहाँबाट निस्किँदा सडकको बायाँ लेन खाली गराइएको थियो।

advertisement

पशुपतिमा पूजा सकाएपछि करिब पौने ११ बजे त्यहाँबाट पौडेल सुन्दरीजल गएका थिए। पौडेलको सवारीका लागि एकातर्फको लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो। कार्यालय जाने समयमा जाममा फसेका सर्वसाधरणले हर्न बजाएर असन्तुष्टि जनाएका थिए।

राष्ट्रपति निर्वाचनमा पहिलो मत खसालेपछि पौडेलले बिहीबार संसद् भवनको ल्होत्से हलमा पत्रकारहरूसँग राष्ट्रपति निर्वाचित भएपछि आफूले सर्वसाधारणलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने बताएका थिए। उनले भनेका थिए, “म राष्ट्रपति बनेपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सडक जामको सास्ती भोग्नुपर्दैन।”

प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा शीतल निवासबाट हुने भीभीआईपी आवागमनका क्रममा सडक नै खाली गराउने गरिएको थियो, छ। यही कारण सार्वजनिक सवारी आवागमन अस्तव्यस्त भएर सर्वसाधारणले सडकमा अनेक सास्ती बेहोर्दै आएका छन्।

 

प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com