काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न कसैले पनि नसक्ने बताएका छन्। शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेसँग एक्लै लड्ने साहस नभएरै १० दलीय गठबन्धन भएको बताएका हुन्।

‘हामीले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि ९ दल डराएर १० दल बनाए।’ उनले भने ‘१० दल १० तिर फर्केका छन्। एमालेले यताबाट आक्रमण गर्छ कि उताबाट आक्रमण गर्छ कि भन्ने डर उनीहरुलाई छ। एमालेसँग एक्लै लड्न सक्दैनन्। ’

advertisement

कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडी पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको उनको भनाई छ। उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

वामपन्थी राष्ट्रपति हुनुहुँदैन भनेर प्रचण्ड हिँडेको बताउँदै ओलीले कम्युनिस्टको नाममा प्रचण्ड दक्षिणपन्थी बनेको टिप्पणी गरे। ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेपछि एमालेमा आउन भनेपछि नेपालले अस्वीकार गरेको खुलासा गरे।

प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com