काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

advertisement

पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको युएईले १६.५ ओभरमा १०० रन पूरा गरेको थियो।

३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०४ रन बनाएको छ।

उसका लागि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए।  ४९ बल खेलेका उनले सन्दीप लामिछानेको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

यस्तै वृत्य अरबिन्दलेले पनि अर्धसतक पूरा गरिसकेका छन्। ८७ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका उनी ७६ रन बनाएर खेलिरहेका छन्।

यस्तै रोहन मुस्तफाले ३२ बलमा २० रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ३ चौका प्रहार गरे।

पूर्व कप्तान सिपी रिजवान ७ रनमा आउट हुँदा ओपनर आर्यन लक्रा ६ तथा आयन अफजाल खान ३ रनमा आउट भए।
अहिले क्रिजमा वृत्य अरबिन्द र आसिफ खान छन्।

नेपालका लागि दीपनेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन्। ललितनारायण राजबंशी र सन्दीप लामिछानेले १-१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति: २ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com