काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी सहितका सात दलले गठबन्धन बनाउने तयारी गरेका छन्।

रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी,आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउन लागेका हुन्।

गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको जनमत पार्टीका नेता बिपी साहले बताए।

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो। तर झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत भने दिएनन्।

रास्वपाले भने जनमत पार्टीलाई भोट दिएको थियो।

 

प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com