काठमाडौं । १५ देखि ४९ वर्ष उमेर समूहका ६ हजार एक ८० विवाहित महिलाले ९ जनाभन्दा बढी बच्चा जन्माएको पाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार ६१ लाख ४५ हजार ३९ जना (यो उमेर समूहको) विवाहित महिलामध्ये ६ हजार १८० जनाले नौ जनाभन्दा बढी बच्चा जन्माएको देखिएको हो।

advertisement

सबैभन्दा बढी दुई जना बच्चा जन्माउने देखिएको छ। ३३ प्रतिशतले दुई जना, २३ प्रतिशतले एक जना, १७ प्रतिशतले तीन जना बच्चा जन्माएको देखिएको छ।

१२ प्रतिशत विवाहित महिलाको भने बच्चा हुन नसकेको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com