काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली लगाएका थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन् ।

advertisement

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्। सिंह गत बैशाखको तेस्रो साता आईजीपी बनेका थिए ।

एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मारेका कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन् । उनी गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा भएका थिए ।

सरकारले एआईजीमा बढुवा गर्दा वरियता हेरफेर नगरि कुँवरलाई पहिलो नम्बरमा राखेको थियो । त्यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहेका थिए । कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला महान्यायधिवक्ता रहेका थिए ।

 

प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com