काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताएका छन् ।

१२ दिन हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटरब्याज पीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिँदै मेयर बालेनले आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् ।

advertisement

तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर १२ दिनमा काठमाडौँ आएका मिटरब्याजपीडित सोमबार खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका थिए । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भइरहेको बेला मेयर बालेनले प्रष्टीकरण दिँदै माइतीघरले न्याय नदिने बताएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन नभई न्यायको लागि भएको बताए । उनले लेखेका छन्, ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ मेयर शाहले भनेका छन्, ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आई पुग्नुले हाम्रो सङ्घीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँ गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो।”

उनले पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने बताए। खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताएका छन्। न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाई केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउने गरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाए।

मिटर ब्याजपीडितको समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार रहेको भन्दै पीडितलाई बालुवाटार जान सुझाव दिएको बताए । ‘खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरू बालुवाटारतिर लाग्नु भएको छ ।’

उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सधैँ खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यबद्धता रहेको पनि बताएका छन् ।

 

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com