काठमाडौं । विभिन्न माग राखेर धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही आज मध्यान्न माइतीघर पुगे । तर, उनीहरुले त्यहाँ शाही धर्नास्थलमा पुग्दा धर्नामा बसेकाहरूमध्ये केहीले उनीविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरे ।

‘हामीलाई राजावादीको समर्थन चाहिँदैन’ भन्दै नाराबाजी भएपछि शाहीले आफ्नो भनाइ राखेका थिए । उनले आफू जनप्रतिनिधि भएको नाताले पीडितहरूको समस्या सुन्न र ऐक्यबद्धता प्रकट गर्न आएको बताए । यो राजनीतिक मुद्दा नभएकाले राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । तर, भिडमा रहेका केही उत्तेजक व्यक्तिहरूले झन् चर्को नाराबाजी गरेपछि शाही त्यहाँबाट पन्छिए ।

advertisement

शाही भिडबाट निस्केपछि केही वास्तविक पीडितहरू उनीसँग पुगेर दु:ख व्यक्त गरेका थिए । ‘हामीलाई राजनीति मतलब छैन, तपाईँ समर्थन गर्न आउँदा नाराबाजी भएकोमा दुखी छौँ,’ एक पीडितले भनेका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै शाहीले आफूविरुद्ध नाराबाजी गर्नेहरू वास्तविक पीडित नभएको बताए ।

 

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com