काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएको बताएका छन् ।

शुक्रबार रिपोर्टस क्लब नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अब देशको विकास निर्माणमा गति लिने बताएका हुन् ।

advertisement

उनले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे ।

उनले भने, ‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आज मात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिन्छ । ’

उनले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गरे । पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com